६ कार्तिक २०८३, शुक्रबार

महिला कामदारले यौनसम्बन्ध राख्न नमानेपछि मालिकले गरे हत्या

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape-Sex

झापा, १७ जेठ । शनिवार राति काकरभिट्टामा हत्या गरिएकी मन्दिरा विकका परिवारले हत्या नियोजित भएको दावी गर्दै अभियुक्तलाई कडा कारवाहीको माग गरेका छन् ।

आइतवार विर्तामोड ६ स्थित मृतकको घरमा परिवारले पत्रकार सम्मेलन गरि होटलमा हुने यौन क्रियाकलाप समेत बन्द गर्न माग गरेका हुन् ।

परिवारले छोरी मन्दिरा दमकमा ब्युटीपार्लरमा जागिर खान जान्छु भनि गएको तर कसरी काकरभिट्टाको सिलोङ्ग होटलमा निबस्त्र स्थितीमा हत्या गरिएका अवस्थामा फेला पारिएको हो, आफूहरुलार्इ आश्चर्य लागेको र घटना रहस्यमय भएको दावी गरे ।

हत्या भएकी मन्दिराकी आमा कमलाले छोरीको हत्या नियोजित भएकोले अनुसन्धान गरी हत्यारालाई कडा कारवाहीको लागि सहयोग गर्न पत्रकारलाइ अनुरोध समेत गरेकी छिन् ।

मुक्ति समाज विर्तामोड नगर कमिटीले समेत मन्दिराको हत्याको भत्र्सना गर्दै हत्यारालार्इ कडा कारवाहीको माग गर्दै मन्दिरा होटलको एक पात्र मात्रै भएकोले होटलमा हुने यौनशोषणको अन्त्य गर्न समेत माग गरेको छ ।

समाजका विर्तामोड अध्यक्ष एवम आफन्त गोपाल लकान्द्रीले काकडभिट्टामा होटलमा यौन क्रियाकलापको पराकाष्ठा नाघेको त्यसको शिकारमा धेरै युवतीहरुले भएकोले यस्ता होटल बन्द गर्न समेत माग गरे ।

शनिवार राति काकडभिट्टाको शिलोङ्ग होटलमा २० वर्षीया मन्दिराको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । हत्याको आरोपमा प्रहरीले होटल सञ्चालक विजय लामा र कामदार कुमार लामालाई पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।