६ कार्तिक २०८३, शुक्रबार

एमाले पुनर्निर्माण अभियानको ७औं दिनः अध्यक्ष ओलीले स्कुल हस्तान्तरण गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-abhyan (3)काठमाडौं, १७ जेठ । नेकपा (एमाले)को राष्ट्रिय स्वयंसेवक परिचालन अभियान ७औं दिन पनि जारी रह्यो ।

अभियानअन्तर्गत स्वयमसेवकले बनाएको शेषनारायण फर्पिङस्थित शिखरापुर सामुदायिक क्याम्पस उच्च माविलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्नुभयो ।

जिफन्ट र काठमाडौं–१० का स्वयंसेवकहरुले भत्किएको भग्नावशेष हटाएर उक्त स्थानमा करिब एक हप्ताको समयावधिभर १० कोठा भवन निर्माण गरेर विद्यालय/क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले जनताको राहत र सुविधाका निम्ति पार्टीले राष्ट्रव्यापी अभियान सञ्चालन गरिरहेको स्पष्ट गर्दै स्कूल क्याम्पसको निर्माणलाई उच्च प्राथमिकतामा राखेर अभियान सञ्चालित जिल्लाहरुमा काम भइरहेको बताउनुभयो ।

उहाँले सुत्केरी महिलाहरुका लागि बस्ने व्यवस्था, बालबालिका, असहाय र बृद्धबृद्धा तथा भूकम्पमा परी दिवंगत परिवारको लागि अस्थायी बसोबास मिलाउन पार्टीले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अभियानका संयोजक पार्टी सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, काठमाडौं जिल्लाका सह–इन्चार्ज वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर र मजदुर विशेष जिल्ला कमिटीका इन्चार्ज बिना श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पुनर्निमाण अभियान अन्तर्गत एमालेले यही जेठ १० गतेदेखि भूकम्प प्रभावित २५ जिल्लाका ७६ निर्वाचन १० हजार स्वयमसेवक परिचालन गरेको थियो । पुनर्निर्माण अभियान अन्तर्गत ७औं दिन गरेका कार्यहरु यसप्रकार छन् । एमालेले जारी गरेको विज्ञप्ती जस्तो तेस्तै ः
  प्रेस  नोट
१. आजै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले शेषनारायण फर्पिङस्थित शिखरापुर सामुदायिक क्याम्पस उच्च माविको हस्तान्तरण गर्नुभएको छ । जिफन्ट र काठमाडौं–१० का स्वयंसेवकहरुले भत्किएको भग्नावशेष हटाएर उक्त स्थानमा करिब एक हप्ताको समयावधिभर १० कोठा भवन निर्माण गरी विद्यालय÷क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा अध्यक्ष ओलीले जनताको राहत र सुविधाका निम्ति पार्टीले राष्ट्रव्यापी अभियान सञ्चालन गरिरहेको स्पष्ट गर्दै स्कूल क्याम्पसको निर्माणलाई उच्च प्राथमिकतामा राखेर अभियान सञ्चालित जिल्लाहरुमा काम भइरहेको स्पष्ट पार्नुभयो । उहाँले सुत्केरी महिलाहरुका लागि बस्ने व्यवस्था, बालबालिका, असहाय र बृद्धबृद्धा तथा भूकम्पमा परी दिवंगत परिवारको लागि अस्थायी बसोबास मिलाउन पार्टीले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा अभियानका संयोजक पार्टी सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, काठमाडौं जिल्लाका सहइन्चार्ज वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर र मजदुर विशेष जिल्ला कमिटीका इन्चार्ज बिना श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
२. पार्टी उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्यले धादिङ जिल्लाका तीनवटै क्षेत्रमा भएको निर्माण कार्यको अनुगमन गर्नुभएको छ । उहाँले क्षेत्र नं. १ को सल्यानटार र आरुघाट, क्षेत्र नं. २ को निलकण्ठ नगरपालिका र क्षेत्र नं. ३ को थाक्रेमा भइरहेका निर्माण कार्यको अनुगमन गरी स्वयंसेवकहरुलाई व्यक्तिगत स्वास्थ्य र खानपानमा विशेष ध्यान दिंदै जनसेवामा जुट्न निर्देशन दिनुभयो ।
३. पार्टी सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको पुनःनिर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले सल्लेरीमा आयोजित कार्यक्रमका बीच स्वयंसेवकहरुलाई जिल्लाका बासा र काकु गाविसका निम्ति बिदाई तथा सपथग्रहण गराउनुभएको थियो भने भकाञ्जे र चौलाखर्कमा दोलखाको जिरी हुँदै स्वयंसेवकहरुको टोली पुगेर पुनःनिर्माण कार्यमा जुटेको छ ।
४. पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कमरेड अमृतकुमार बोहरा सिन्धुपाल्चोक–१ मा स्वयंसेवकहरुले गरिरहेको निर्माण कार्य अनुगमनमा सक्रिय हुनुहुन्छ । भेरी अञ्चल तथा युवा विद्यार्थीहरुका टोलीले स्थानीय स्वयंसेवकहरु परिचालन गरी जिल्लामा अभियानअन्तर्गत निर्माण कार्य जारी राखेका छन् ।
५. आज विभिन्न जिल्लामा भइरहेको निर्माण कार्य निम्नबमोजिम रहेको छः

uml-abhyan (1)

काठमाडौं :  क्षेत्र नं. २ मा अनेरास्ववियुको स्वयंसेवी टोलीले नाङ्लेभारेमा स्थानीय हिरामाया तामाङ, नक्कले तामाङ, विष्णुबहादुर तामाङ, विष्णुप्रसाद दाहाल, रामकृष्ण दंगाल, हरि दंगाल, सानकाुन्छा तामाङलगायतका २१ वटा अस्थायी घर निर्माण गरेको छ भने १५ वटा घरको भग्नावशेष हटाएको छ । भूगोलको स्वयंसेवक टोलीले नाङ्लेभारे बजारमा ५ वटा घरको भग्नावशेष हटाएको छ भने दुईवटा अस्थायी घर निर्माण गरेको छ । लप्सीफेदीमा ६ वटा घरको भग्नावशेष हटाएको छ भने चारवटा अस्थायी घर निर्माण गरेको छ ।

क्षेत्र नं. ६ मा स्वयंसेवकहरुले बाल्मिकी क्याम्पस र नयाँ बसपार्क क्षेत्र गोंगबुमा सरसफाइ सम्पन्न गरेका छन् । साथै दुईवटा क्षतिग्रस्त घरको भग्नावशेष हटाई सफाई गरेका छन् भने छ परिवारका लागि अस्थायी घर निर्माण गरेका छन् ।
क्षेत्र नं. ९ मा स्वयंसेवक टोलीले नागार्जुन नगरपालिका वडा नं. १० भीमढुंगास्थित बालबोध मावि भत्किएपछि नजिकै रहेको प्लटिङ सँगैको सार्वजनिक जग्गा र स्थानीय सुमन कुँवरको सहयोगमा प्राप्त जग्गामा ९ वटा अस्थायी टहरा निर्माण गरेको छ । यस क्षेत्रमा नेकपा (एमाले) का स्वयंसेवक टोली र नेकपा–माओवादी (विप्लव)को संयुक्त टोलीले उक्त विद्यालय सात दिनदेखि निर्माण गरी विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेको छ ।

काभे्र ः क्षेत्र नं. २ मा परिचालित स्वयंसेवक टोलीले मथुरापार्टी फुलबारी माविको भग्नावशेष हटाई निर्माण कार्य सुरु गरेको छ । भूकम्पले क्षतिग्रस्त भएका चारवटा घरको भग्नावशेष टोलीले हटाएको छ ।
क्षेत्र नं. ३ मा द्वारपालेश्वर माविको भग्नावशेष हटाई अस्थायी भवन निर्माण गरेको छ । देवपुर प्राविको भग्नावशेष हटाउने काम गरेको छ । महाकाली माविका भत्केका संरचना हटाई अस्थायी घरको निर्माण सुरु गरेको छ । नयाँगाउँमा १६ वटा अस्थायी घर निर्माण गरेको छ । देवपुर गाविसमा छ वटा अस्थायी घर निर्माण गरेको छ भने ४ वटा भग्नावशेष हटाइएको छ भने एउटा विद्यालय निर्माण गरेको छ ।
क्षेत्र नं. ४ मा स्वयंसेवक टोलीले बालुवा गाविसमा दुईवटा घर निर्माण गरेको छ ।
मकवानपुर ः क्षेत्र नं. १ मा फापरबारी –७ तीनतले फूलबारी बजारमा स्वयंसेवक टोलीले ८ वटा घर निर्माण गरेको छ भने ८ वटा घरका भग्नावशेष हटाएको छ ।
क्षेत्र नं. २ मा स्वयंसेवक टोलीले टिस्टुङ र थाहा नगरपालिका अन्तर्गत १० वटा अस्थायी घर निर्माण गरेको छ । सोही ठाउँमा एउटा स्कूल र चारवटा घरको भग्नावशेष हटाएको छ ।
क्षेत्र नं. ३ हेटौंडा उपमहानगरपालिकाको वडा नं. १२ र १६ मा १२ वटा अस्थायी घर निर्माण गरेको छ भने १६ वटा घरको भग्नावशेष हटाएको छ ।
क्षेत्र नं. ४ को नामटार र आग्रा गाविसमा १२ वटा घरको भग्नावशेष हटाउने काम गरेको छ । र, सोही ठाउँमा १० वटा घडेरी सम्याउने काम स्वयंवसेवक टोलीले गरेको छ ।
uml-abhyan (2)

दोलखा ः क्षेत्र नं. १ मा स्वयंसेवक टोलीले क्षेत्रावती उच्च मावि क्षेत्रर्पाको भग्वनाशेष हटाई विद्यालयको अस्थायी टहरा निर्माण गरेको छ । धर्मशाला निम्न माध्यमिक विद्यालयको भग्नावशेष हटाई पाँचकोठे अस्थायी विद्यालय भवन निर्माण गरेको छ । र, जिरी माविको निर्माण कार्य भइरहेको छ ।
क्षेत्र नं. २ मा लापिलाङ गाविसअन्तर्गत लापिलाङ उच्च माविमा छ कोठा विद्यालय भवन मर्मत गरेको छ भने छ वटा अस्थायी घर निर्माण गरेको छ । सोही ठाउँमा मृतक परिवारको लागि एउटा घर निर्माण गरेको छ । सिंगटी बजारमा मृतक परिवारका दुई घर निर्माण गर्नुका साथै सिंगटी क्याम्पस टोलीले निर्माण गरिरहेको छ ।
गोरखा ः क्षेत्र नं. १ मा नारेश्वर वडा नं. ५ मा राधा बस्नेत र विनिता दानीका अस्थायी घर निर्माण गरेको छ । गाखु गाविस सनसरी उच्च माविको सातकोठा अस्थायी घर हस्तान्तरण गरी आजैदेखि पढाई सुचारु भएको छ । अस्र्याङ गाविसस्थित जनजागृति प्रावि सिरनडाँडामा पाँचकोठा र चन्द्रज्योति प्राविको पाँचकोठा अस्थायी भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।
क्षेत्र नं. २ को गाईखुर गाविसअन्तर्गत पालुङटारस्थित एकल महिला रुद्रकुमारी देवकोटाका लागि अस्थायी घर निर्माण गरेको छ । पालुङटारकै दलित बस्तीमा पाँच परिवारका लागि अस्थायी घर निर्माण कार्य सुरु गरिएको छ । केराबारी गाविस –९ बिरौटामा चार परिवारका लागि अस्थायी घर निर्माण गरेको छ ।
ओखलढुंगा ः क्षेत्र नं. १ मा ३० वटा घरको भग्नावशेष हटाएर २० वटा निर्माण गरिएको छ । पात्ले, रागादीप, श्रीचौर र हर्कपुरमा ७ वटा विद्यालय निर्माण गरी हस्तान्तरण गरिएको छ ।
क्षेत्र नं. २ मा पोकली, टारकेराबारी र गाम्नाङटारमा ६ वटा स्वयंसेवक टोली काममा सक्रिय छन् । सिरहा र सप्तरीबाट खटिएका अधिकांश मधेसी मुलका स्वयंसेवकहरुले २५ अस्थायी घर बनाइसकेको, १४ वटा भग्वनाशेष हटाएको र दुईवटा विद्यालय निर्माण गरेका छन् । ककनीको तामाङ बस्तीमा १५ वटा जीर्ण घरको भग्वनाशेष हटाइएको छ भने सातवटा अस्थायी घर निर्माण गरिएको छ ।
लमजुङ ः क्षेत्र नं. १ को गौंडामा स्वयंसेवकहरुले आठवटा अस्थायी घर निर्माण गरेका छन् ।
क्षेत्र नं. २ को सुन्दरबजार नपा (पुरानो परेवाडाँडा गाविस)मा काम थालेर स्वयंसेवकहरुले २० वटा अस्थायी घर बनाइसकेका छन् ।
नेकपा (एमाले)का स्वयंसेवकहरुले विगत हप्ताभरि गरेका निर्माण, पुननिर्माण कार्यको सम्बन्धमा जानकारी गराउन २०७२ जेठ १८ गते दिउँसो २ः०० बजे मदननगर बल्खुमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

सूर्य थापा
उपप्रमुख
केन्द्रीय प्रचार विभाग