काठमाडौँ, १७ जेठ । राजधानीमा शनिवार ३ जना मृत अवस्थामा फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले दिएको जानकारी अनुसार गोकर्णेश्वर नगरपालिका–९ बस्ने ४७ बर्षीय शिवराम श्रेष्ठ र शंकरापुर–८ बस्ने ३६ बर्षीय राजेन्द्र बहादुर श्रेष्ठ एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
उनीहरुलाई शनिबार राति शंकरापुर–९ बस्ने लक्ष्मी प्रसाद श्रेष्ठले बनाउँदै गरेको घरको अण्डर ग्राउण्ड ट्याङकीमा मृत अवस्थामा फेला पारिएको थियो ।
यसैगरी दक्षिणकाली नगरपालिका–३ सतुङगल स्थित बागमती खोलामा सोही ठाउँ डेरा गरी बस्ने गोरखा घ्यापेसाल घर भएका ३६ बर्षीय सुर्य बराम पनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।















प्रतिक्रिया