नुवाकोट, १७ जेठ । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्वबियूले भूकम्पबाट भत्किएका विद्यालयहरुको पुनर्निर्माण गरेको छ ।
अनेरास्ववियूका केन्द्रीय लेखा आयोगका अध्यक्ष निलकण्ठ आचार्यको नेतृत्वमा अनेरास्वबियूको केन्द्रीय टोलीले नुवाकोट जिल्लामा भत्किएका पाँच वटा विद्यालयको पुनर्निर्माण गरेको हो ।
आचार्यको नेतृत्वमा रहेको टोलीमा सचिवालय सदस्य सुदेस पराजुली, दिनेश आचार्य लगायतका विद्यार्थी नेताहरुले पुनर्निर्माण अभियानमा साथ दिएका थिए ।
आचार्यको कमान्डिङमा रहेको अनेरास्ववियूको टोलीले नुवाकोट क्षेत्र न ३ मा जो ऐसेलुभुमे उमाविको ४ कोठे भवन निर्माण गरेको छ ।
त्यस्तै, क्षेत्र न २ मा गनेस्थान माविको ८ कोठे भवन, बिज्ञान उमाविको ४ कोठे भवन, जगृति निमाबिको ८ कोठे र जाल्पा युबा प्राबिमा ४ कोठे अस्थार्इ भवन निर्माण गरेको अनेरास्वबियूको केन्द्रीय टोलीका संयोजक निलकण्ठ आचार्यले जानकारी दिएका छन् ।
उहाँका अनुसार अनेरास्ववियूले निर्माण गरेका विद्यालय भवन कम्पतीमा पनि चार वर्ष टिकाउ हुनेछन् । भवन निर्माण भएपछि नुवाकोटमा आजैबाट पढाई सुरु भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
















प्रतिक्रिया