सप्तरी, १७ जेठ । तीन दिन अगाडि हराइरहेकी एक महिलाको शव सप्तरीको स्थानीय सामुदायिक जङ्गलको पोखरीमा फेला परेको छ ।
मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी सूर्यबहादुर रायको ४० वर्षीया श्रीमती सुवाता राय रहेको प्रहरीले जनाएको छ ।
रायले स्थानीय जङ्गलमा रहेको पोखरीमा घोगिही मार्न हिँडेकी थिइन् र उनको शव खोजतलास गर्ने क्रममा सामुदायिक जङ्गलको पोखरीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले आज जनाएको छ ।
शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारयाण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ । रासस















प्रतिक्रिया