६ कार्तिक २०८३, शुक्रबार

संविधानसभा बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, १७ जेठ । आजका लागि निर्धारण भएको संविधानसभाको बैठक यही जेठ २१ गते बिहीबारसम्मका लागि स्थगन भएकोे छ ।

‘गोरखा भूकम्प’ पछि अधिकांश सभासद् आ–आफ्ना जिल्लामा राहत तथा उद्धारमा जुटेकाले आजको बैठक स्थगन भएको हो ।

संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बैठक जेठ २१ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ । यसबारे सचिवालयले सूचना टाँस गर्नेछ ।

संविधानका विवादित विषयमा सहमतिका लागि चार दलका शीर्ष नेताले छलफल पनि जारी राखेकाले बैठक स्थगन भएको बुझिएको छ । रासस