
अर्घाखाँची, १७ जेठ । सीतापुर गाविस–८ धाराटोलमा रहेको पवित्रा इलेक्ट्रोनिक्स पसलमा गए राति आगलागी हुँदा झन्डै रु १० लाखको क्षति भएको छ ।
पसलमा भएका ल्यापटप, मोबाइल, टिभी, डिक्सहोम र विद्युुतीय सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।
पसल बन्द गरी डेरामा गएका बेला विद्युत चुहिएर पसलमा लागेको आगो करिब तीन घन्टापछि स्थानीय बासिन्दाले थाहा पाएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया