६ कार्तिक २०८३, शुक्रबार

ट्रकसँग एम्बुलेन्स ठोक्किदा घर नपुगी बाटोमै सुत्केरी आमा र शिशुको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulanceरौतहट, १७ जेठ । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत वीरेन्द्र राजमार्गमा गए राति विपरीत दिशाबाट आएको एम्बुलेन्स र ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट नवजात शिशुसहित सुत्केरीलाई उनको घर सुखअवा धमौरा गाविस– ९ मा लाने क्रममा चन्द्रपुर नगरपालिका–१३ स्थित राजमार्गमा एम्बुलेन्स र गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना२ख ९८९८ नंको ट्रक जुध्दा एम्बुलेन्स चालक तथा सुत्केरी र शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

एम्बुलेन्स चालक चन्द्रपुर नगरपालिका बस्ने सुरेश विश्वकर्माको घटनास्थलमा नै तथा उपचारका क्रममासुत्केरी हमिबुल खातुन र शिशुको मृत्यु भएको हो ।

घाइते समुद्र विश्वकर्मा र रोक्सना खातुनको वीरगन्जमा उपचार भइरहेको छ भने ट्रक चालक फरार भएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा चाकलको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । रासस