६ कार्तिक २०८३, शुक्रबार

एक सय पाँच विद्यालयका छ सय कोठामा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ जेठ । गत वैशाख १२ गतेको भूकम्प र वैशाख २९ गतेको शक्तिशाली परकम्पबाट यहाँका १३७ सरकारी विद्यालयमध्ये १०५ विद्यालयका १५९ कक्षा कोठा पूर्ण क्षति भएका छन् ।

त्यसैगरी १८० कक्षा कोठा आंशिक र ३२८ कक्षा कोठामा सामान्य क्षति पुगेको छ ।

विद्यालय सञ्चालन गर्न तत्काल ११५ अस्थायी कक्षा कोठा आवश्यक भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।