६ कार्तिक २०८३, शुक्रबार

भाईले ‘स्पीड’मा मोटरसाइकल चलाउँदा दिदीको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motorbike-fireगौशाला, १६ जेठ । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको लक्ष्मिनिया जङ्गलमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका–५ की रीतादेवी साह रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

महोत्तरीको बर्दिबासबाट भाइ मुकेश साहले चलाइरहेको ना २७ प ७८१० नम्बरको मोटरसाइकलमा चढी सर्लाहीतर्फ जाँदै गरेको अवस्थामा बर्दिबास नगरपालिका–१० माइस्थानको जङ्गलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रीताको टाउको, छाती र शरीरको अन्य भागमा गम्भीर चोट लागेर मृत्यु भएको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

मोटरसाइकल दुर्घटनामा परी दुवै दिदीभाई गम्भीर घाइते भएपछि दुवै जनालाई विशेष उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा दिदी रीताको बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

भाइ मुकेशको उपचार वीरगन्जमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस