६ कार्तिक २०८३, शुक्रबार

सशस्त्र प्रहरीको ट्रकको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF-policeकाठमाडौँ, १६ जेठ । काठमाडौंमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं सितापाइलाचोकमा शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा बा.३४ प ६५७५ नम्बरको मोटरसाइकलका चालक नागार्जुन नगरपालिका–५ का २४ वर्षीय सरोज बस्यालको मृत्यु भएको हो ।

बा.३ ख ५०५४ नम्बरको संयुक्त यातायात बस र ना.१ ग ६५५ नम्बरको सशस्त्र प्रहरीको ट्रक तत्काल घटनास्थलमा देखिएका कारण कुन गाडीले ठक्कर दिएको एकिन खुल्न सकेको छैन् । सशस्त्र प्रहरीको गाडिले ठक्कर दिएको प्रत्यक्षदर्शी स्रोतले बतायो । आफ्नो बचाउ गर्न प्रहरीले साझा बसलाई नियन्त्रणमा लिएको संयुक्त यातायात बस व्यवसायी समितिको आरोप छ ।

ठक्करबाट गभीर घाइते भएका बस्यालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बसका चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।