६ कार्तिक २०८३, शुक्रबार

बागलुङमा ४ जनाको कैद मिनाहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail

– रबिना बोहरा

बागलुङ, १६ जेठ । विभिन्न अपराधमा संलग्न जिल्ला कारागार बागलुङका ४ जना पुरुष कैदी बन्दीहरुको कैद मिनाहा भएको छ ।

जिल्ला कारागार बागलुङले दिएको जानकारी अनुसार ७ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा कैदीहरुको कैद मिनाहा भएको हो ।

जिल्ला कारागार बागलुङका जेलर गणेश श्रेष्ठले ४ जनाको सिफारिस गरेकोमा चारै जनाको कैद मिनाहा भएको बताउनुभयो । उहाँले ५० प्रतिशत कैद भुक्तान गरेका र असल चरित्र भएका कैदीहरुको सजायँ मिनाहा भएको बताउनुभयो ।

कर्तव्य ज्यान मुद्धामा ७ बर्ष सजाय बाँकी भएका राङखानी–१ का दुर्गाबहादु पौडेल, ४ बर्ष सजाय बाँकी भएका बिरबहादुर पुन र एकबहादुर पुन, २ बर्ष ५ महिना कैद सजाय बाँकी रहेका किरबहादुर बुढा मगरको सजाय मिनाहा भएको जिल्ला कारागार बागलुङले जनाएको छ ।

२५ जना बन्दी क्षमता रहेको ‘घ’ श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमता भन्दा तेब्बर ९१ जना कैदिहरु रहेका छन् । जसमा ७६ जना पुरुष र ११ जना महिला रहेको कारागारले जनाएको छ ।