६ कार्तिक २०८३, शुक्रबार

लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda 3काठमाडौं, १६ जेठ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का एशिया क्षेत्रीय उपसंयोजक रोविन्द श्रेष्ठ (गोविन्द) लायन्स क्लब अफ काठमाडौ धुम्वाराहीको अध्यक्षमा निर्वाचित भएका छन् ।

राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच अध्यक्षको कार्यभार सम्हाल्दै श्रेष्ठले आगामी दिनमा लायन्स क्लब मार्फत सामाजिक कार्यमा अझै सक्रिय रहने बताएका छन् । उनले भने ‘एनआरएन र लायन्स क्लबबीच सहकार्य गरी अझ प्रभावकारी ढंगबाट सामाजिक कार्यमा लाग्ने छु ।’

क्लबका निर्वतमान अध्यक्ष लायन्स धनराज भडेलले श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्दै आफुले चालेको कामलाई निरन्तरता दिदै थप सामाजिक कार्यमा लाग्न आग्रह गरे ।

सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले भडेलले नै संचालन गर्दै आएको धुम्वाराही बृद्धाश्रमलाई ५ लाख ५१ हजार रुपैया नगद सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ धुम्वाराहीको तर्फबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि.बी. कार्कीलाई सम्मान समेत गरिएको थियो ।

जापानमा सफल व्यवसायीको पहिचान बनाएका श्रेष्ठ मुलुकका विभिन्न सामाजिक गतिविधीमा पनि उत्तिकै सक्रिय छन् ।

हालसालै मात्र विनासकारी भूकम्पका कारण पीडित नेपालीहरुलाई उद्धार तथा राहत वितरणमा गैरआवासीय नेपाली संघको तर्फबाट रसुवा जिल्ला संयोजक भएर सफलतापूर्वक आफ्नो कार्य सम्पन्न गरेका श्रेष्ठले आफ्नो नीजी खर्चमा बाग्लुङका भुकम्प पीडितहरुलाई १५ लाख बराबरको राहत सामाग्री समेत वितरण गरेका थिए ।