६ कार्तिक २०८३, शुक्रबार

युवतीको हत्या गरी फाल्न लागेको अवस्थामा सिलोङ होटलकी सञ्चालिका पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudorभद्रपुर, १६ जेठ । झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तानले गएराति एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ ।

विर्तामोड निवासी मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् ।

हत्याको कारण थाहा हुन नसके पनि प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालिकाकी छोरा विजय तामाङ, मनोज तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि राति नै पक्राउ गरिसकेको छ ।

ती युवतीलाई राति ११ बजे चाकुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा मुक्तानलाई पक्राउ गरेको प्रहरी जनाएको छ । रासस