६ कार्तिक २०८३, शुक्रबार

‘सामाजिक आन्दोलनको लागि निष्ठा महत्वपुर्ण पाटो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale– रबिना बोहरा
बागलुङ, १५ जेठ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सहकारी विभाग प्रमुख पशुपति चौलागाईले सामाजिक आन्दोलनको लागी निष्ठा महत्वपुर्ण पाटो रहेको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सहकारी विभाग बागलुङको आयोजनामा भएको स्वागत तथा भेटघाट कार्यक्रममा चौलागाईले एउटा असल कार्यकर्तामा निरन्तरता, क्रियाशिलता र निष्ठा आवश्यकता रहेको भन्दै सम्पुर्ण कार्यकताहरुलाई लगनशिलताका साथ हिड्नका लागी आग्रह गर्नुभयो ।

उहाँले बिचार अनुसारको नेतृत्व र नेतृत्व अनुसारको कार्यशैली हुने हुँदा नेतृत्व गर्ने व्यक्ति दक्ष हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय महासचिव परितोष पौड्यालले निर्वाचन क्षेत्रलाई लक्षित गरी एकिकृत साकोस प्रणाली अन्तर्गत नमुना सहकारीको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

नेपालको सहकारीको नेतृत्व नेकपा एमालेको नीतिमा केन्द्रित रहेकाले रचनात्मक योजना बताउनुपर्ने उहाँको भनाई थियो ।