काठमाडौं, १५ जेठ । राजधानी काठमाडौंमा लाखौंको धनमाल चोरी भएको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध पीपलबोट नजिक रहेको कान्छी तामाङ्गको घरमा बिहिबार कोही नभएको अवस्थामा सुनको सिक्री १ थान, ग्यास सिलिण्डर १ थान र नगद १ लाख २० हजार रुपैयाँ गरी करिब २ लाख ३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया