काठमाडौं, १५ जेठ । बाजुरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी जंगलमा गाडेको खुलासा भएको छ ।
बाजुरा विचिया–७ मारीखोला बस्ने २८ वर्षीय तेजेन्द्र बुढाले आफ्नै श्रीमती २१ वर्षीया चिनकला बोहोरा वुढालाई बुधबार कुटपिट गरी हत्या गरेर जंगलमा गाँडेको प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
सुरुमा उनले बेपत्ता भएको भनी प्रहरीलाई खबर गरेका थिए । प्रहरीको खोजतलासपछि जंगलमा लास भेटिँदा घटनाको रहस्य बाहिर आएको हो ।
तेजेन्द्रले घरदेखि करिब ५ सय मिटर दक्षिण जंगलको बीचमा खाल्डो खनेर श्रीमतीलाई पुरेका थिए । सडेगलेको अवस्थामा महिलाको शव बिहिबार फेला पारेको हो । थप अनुसन्धानका लागि प्रहरीले तेजेन्द्रलाई हिरासतमा राखेको छ ।















प्रतिक्रिया