काठमाडौं, १५ जेठ । राजधानी काठमाडौं एकजना माथि खुकुरी प्रहार भएको छ । दश जनाको समुहमा आएका लुटेराहरुले काठमाडौंको बनस्थलीका १९ वर्षीय सुबास छन्त्याललाई बिहिबार नयाँबजार स्थित निष्ट ग्राउण्डमा खुकुरी प्रहार गरी गरेका हुन् ।
सुबासलाई खुकुरी प्रहार गरी फरार रहेकामध्ये ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने काभे्रका १९ वर्षीय सुन्दर लामा, कञ्चनपुरका २० वर्षीय रजक धामी, रुकुम तक्सेराका १८ वर्षीय अशिम मगर, बाग्लुङ्गका १८ वर्षीय निमेश भण्डारी क्षेत्री, रुकुम तक्सेराका १८ वर्षीय ज्ञान मगर, काभे्रका १९ वर्षीय निराश तामाङ्ग, काठमाडौं महानगरपालिका–२९ गोंगबु गणेशस्थान बस्ने तनँहुका १९ वर्षीय प्रकाश गुरुङ्ग र काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने धादिङ्गका २० वर्षीय राजिव कडेल रहेका छन् ।
दश जनाको समूहमा आएका उनीहरुले छन्त्याललाई खुकुरी हानी फरार भएपछि तत्काल महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त लैनचौरले काठमाडौं महानगरपालिका–१५ चौमती स्वयम्भूबाट घटनामा प्रयोग भएका खुकुरी ३ थान, सानो बन्चरो १ थान, बा.६७ प ८२२९ नम्बरको मोटरसाइकल र बा.६१ प ७०४९ नम्बरको स्कुटरसहित उनीहरुलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया