काठमाडौं, १५ जेठ । शुक्रबार एक मनकारी बाबुले छोरीको विवाह खर्च भूकम्पपीडितलाई दिएका छन् ।
काठमाडौंका सुरेन्द्र माथेमाले छोरी प्रिती माथेमाको विवाहका लागि छुट्याएको २ लाख रुपैयाँ भूकम्पपीडितको सहयोगका लागि प्रदान गर्नुभएको हो ।
सो रकम माथेमा, उहाँकी पत्नी माला माथेमा, छोरी प्रिती र ज्वाइँ जेसी टिस (अमेरिकी नागरिक)ले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
अवसरमा माथेमाले मुलुक दुःखमा रहेको बेलामा तामझाम गरेर विवाह गर्न इच्छा नभएको र भोज तथा अन्य खर्चका लागि छुट्याएको रकम भूकम्पपीडितका लागि प्रदान गरिएको बताउनुभयो ।















प्रतिक्रिया