६ कार्तिक २०८३, शुक्रबार

कञ्चनपुरमा हिरासतमा राखिएका थुनुवाको प्रहरीको मरणासन्न कुटाईबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeबेलौरी (कञ्चनपुर), १५ जेठ । इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा रहेका एक थुनुवाको रहस्यमय मृत्यु भएको छ ।

घरायसी विवादका कारण प्रहरी हिरासतमा रहेका बेलौरी नगरपालिका–४ बुटाबारीका ३५ वर्षीय हरिस कार्कीको रहस्यमय मृत्यु भएको उनका परिवारजनले बताएका छन् ।

प्रहरीले थुनुवाकक्षभित्रको शौचालयमा आत्महत्याको प्रयास गरेर घाइते भएका कार्कीको उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको बताए पनि प्रहरी कुटपिटबाट मृत्यु भएको उनका बाबु किर्तबहादुरले दाबी गर्नुभयो ।

घरायसी विवादका कारण प्रहरीले उनलाई बिहीबार साँझ नियन्त्रणमा लिएको थियो ।

बेलौरी इलाका प्रहरी कार्यालयका इन्चार्ज युवराज भण्डारीले भने थुनुवाकक्षको शौचालय गएका कार्कीले आफूले लगाएको गञ्जी च्यातेर आत्महत्याको प्रयास गरेको र बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि महेन्द्रनगर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

कार्कीका परिवारले भने घटना प्रहरीबाटै घटेको भन्दै यसको जिम्मा लिनुपर्ने बताएका छन् । रासस