६ कार्तिक २०८३, शुक्रबार

मेरो श्रीमानलाई किन मार्‍यौं ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ladaku-maobadiलहान, १५ जेठ । श्रीमान्ले ज्यान गुमाउँदा त्यत्ति दुःख भएको थिएन्, आँशु त झरेको थियो । तर देशलाई नयाँ दिशामा ल्याउन उहाँले रगत बगाएको सोंचेर मनलाई दह्रिलो बनाएको थिएँ, अहिले भक्कानो छोडेर रोइरहुँजस्तो लाग्छ ।

यस्तो कारुणिक धारणा दिने सप्तरीको फत्तेपुर गाविसकी निर्मला भुजेललाई श्रीमान्ले दिएको आहुती खेर नजाने विश्वास थियो तर त्यो विश्वासमा अहिले तुसारापात भएको महसुस भइरहेको छ ।

मुलुकमा परिवर्तन ल्याउने उद्देश्यले तत्कालिन नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्रयुद्धमा भाग लिएर २०६० साल भदौ १० गते उनका श्रीमान् राजकुमार भुजेल मारिएका थिए ।

राजकुमारसहित माओवादीले थालेको १० वर्षे युद्धका क्रममा १५ हजार नेपालीले ज्यानको आहुती दिए । यसपछि २०६२/०६३ मा भएको जनआन्दोलन र २०६४/०६५ मा भएको मधेस आन्दोलनमा धेरै नेपालीले रगतको खोलो बगाए ।

नेपालीले ज्यान गुमाएपनि तीनका परिवारको एउटै अपेक्षा थियो, नेताहरुले दिइरहेको नारा सार्थक होस् र आफ्ना मान्छेले दिएको बलिदानीको कदर होस् । जनआन्दोलन र मधेस आन्दोलनपछि मुलुकमा संविधानसभाको निर्वाचन भएपछि जनताले नयाँ संविधान पाउने आशासमेत व्यक्त गरेका थिए ।

निर्मला जस्तै दुःखित र नेताहरुप्रति आक्रोसित छन् लोकतान्त्रिक आन्दोलनमा आफ्ना ज्यानका आहुती दिनुभएका सहिद दर्शन यादवको पत्नि द्वय ईनरवती देवी र बचीया देवी । लोकतान्त्रिक आन्दोलनको आगो सल्किनै लागेका बेला २०६२ साल चैत्र २३ गते राजविराजमा दलहरुले निकालेको मशाल जुलुश प्रदर्शनका क्रममा भएको प्रहरी दमनबाट मलेकपुर–५ खुरहुरिया निवासी दशन यादवको उपचारका क्रममा मृत्यू भएको थियो ।

यस्तै सप्तरीको दिघवा गाविस–५ का गुलटेन दासका परिवार पनि गणतन्त्र संस्थागत नभएको प्रति खिन्न बनेका छन् । दासको मधेस आन्दोलनको क्रममा २०६५ माघमा प्रहरीको गोली लागेर ज्यान गएको थियो । आफ्ना श्रीमतिसहित छ सन्तान र आमाबुवाका एक्ला पालनकर्ता गुलटेन मारिएको केहि दिनसम्म शोकमा डुबेपनि पछि देशको संरचना परिवर्तनका लागि ज्यान गुमाएको सम्झेँर आँशु झार्न बन्द गरेका गुलटेन दासका बुवा जामुन भन्नुहुन्छ–‘‘ तर छोराले बगाएको रगत बेकार भएको अहिले अनुभूति भइरहेको छ ।”

जुन उद्देश्यका साथ आफ्ना छोराले बलिदानी दिएका थिए आखिर त्यो पनि पुरै भएन् जामुनको भनाई छ । रासस