लम्की, १५ जेठ । कैलाली तीन दिनअघि हराएकी कैलाली रामशिखरझाला–१ रतिपुरकी एक विवाहित महिला शुक्रबार मृत अवस्था फेला परेकी छिन् ।
३० वर्षीया यशोदा शाह पहलमानपुरमा रहेको तुलसीपुर सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जेठ १२ गते राति घरबाट निस्किएकी शाहको शव शुक्रबार बिहान सामुदायिक वनको बीचमा खरभित्र निर्बस्त्र अवस्थामा फेला परेको अस्थायी प्रहरी चौकी पहलमानपुरका प्रहरी नायब निरीक्षक धनीदत्त पन्तले जानकारी दिनुभएको छ ।
शवको प्रकृति हेर्दा महिलाको बलात्कार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले हत्याराको खोजी गरिरहेको जनाएको छ । रासस















प्रतिक्रिया