६ कार्तिक २०८३, शुक्रबार

“भगवान् खोज्न कहीँ जानु पर्दोरहेनछ”

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nlntk'/ n]n] :yfoL 3/ eO{ xfn cli6«ofsf] u|fh ;x/df a:b} cfpg' ePsf cd[t kf}8]nn] k|bfg u/]sf] h:tfkftf lnP/ cf?cf?gf] af;:yfg kms{b} wflbª lgns07 gu/kflnsf j8f g+ ( sf :yfgLoaf;L . tl:a/ M /d]z nD;fn, /f;;

– रमेश लम्साल
मुरलीभन्ज्याङ (धादिङ), १५ जेठ । उमेरले नौ दशक पूरा गर्दा समेत ‘विष्ट’का थोत्रा कपडा सिउने कामबाट मुक्ति नपाउनुभएका मोतीलाल दमार्इंलाई जीवनको उत्तराद्र्धमा भैँचालाले दिएको भयानक पीडालाई सहन गर्नुपर्ला भन्ने लागेको थिएन ।

गत वैशाख १२ गतेको गोरखा भूकम्प र त्यसपछिका पराकम्पनले थोत्रो घर ढल्यो, विष्टका कपडा र जिन्दगीभर चलाइएको कल पनि पुरियो । खुला आकाशमुनि जिन्दगीको परिभाषा खोज्दै बस्नुभएका दमाईंलाई राहतका नाममा दाताले आजसम्म केही किलो चामल र दुईचार पोका चाउचाउ मात्र दिएका थिए ।

बस्ने थातथलो नै भत्किएपछि खुला आकाशमुनि सामान्य पालका भरमा जिन्दगी चलाइरहनुभएका उहाँलाई एउटा सहृदयीले दिएको जस्तापाता पाएपछि खुसीको सीमा रहेन । खुम्चा परेको अनुहारमा हाँसो फोहोरा निकाल्दै उहाँले भन्नुभयो – “जिन्दगीभर देवीदेवता सम्झिएँ, विष्टलाई पनि आफूलाई भन्दा बढी मानेँ, तर उनीहरु सुखका साथी मात्र थिए, दुःख पर्दा कोही आएनन्, भगवान् भनेका त दुःखका साथी त हुन्, यस्तै सहृदयी आज फेला पर्‍यो, भगवान् त देखेको छैन, तर मानवरुपी भगवान् मात्र आज फेला प¥यो ।”

हाल अस्ट्रियाको ग्राज सरहमा बस्दै आउनुभएका ललितपुर लेलेका स्थायी बासिन्दा अमृत पौडेलले प्रदान गरेको आधा गठ्ठा जस्ताले उहाँलाई वर्षा कटाउन सहज हुन्छ भन्ने लागेको छ । केही पाता जस्ता घरमा छन् । ती जस्तासमेत मिलाएर उहाँ अस्थायी आवास बनाउने योजनामा हुनुहुन्छ । गाउँमा दलित भनेर हेला गरिने समुदायलाई पौडेलले प्रदान गरेको जस्ता वर्षा धान्ने मेलो मात्रै बनेको छैन, जिन्दगीको उत्तराद्र्धमा पाएको सबैभन्दा ठूलो खुसीसमेत बनेको छ ।

पौडेलले धादिङ सदरमुकाम नजिकै रहेको नीलकण्ठ नगरपालिका वडा नं ९ पाल्पा डाँडाथोकवासीलाई आधा आधा गठ्ठाका दरमा जस्तापाता वितरण गर्नुभयो ।

यस्तै जस्तापाता पाएपछि असाध्यै खुसी हुनुभएकी अर्की स्थानीयवासी डल्ली परियार पनि भैँचालोपछि पाएको सबैभन्दा ठूलो र दीर्घकालीन राहतका रुपमा त्यसलाई मान्नुहुन्छ । भैँचालाले भत्काइदिएको घरको खण्डहर दृश्य हेर्दै दिन कटिरहेको थियो । राहतका नाममा आएका केही पोका चाउचाउ र बिस्कुटले वर्षा धानिँदैन भन्ने उहाँलाई लागेको थियो । “संसारमा एउटा नेपालीलाई परेको दुःख हेर्ने अर्को नेपाली पनि रहेछन् भन्ने देखियो, भग्नावशेष हटाएर बाँकी रहेका जस्तापाता जोडजाम पारेर घर बनाउने योजना रहेको छ” – परियारले भन्नुभयो ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण धादिङका अधिकांश घर तथा आवासस्थल भत्किएका छन् । घर भत्किएका कारण अन्नपातसमेत सबै खेर गए । दाताले दिएको राहतका भरमा जीवन गुजारिरहेका स्थानीयवासीले खाद्यान्नभन्दा पनि आवासको खोजी गरेका छन् । सरकारले जस्तापाता खरिदका लागि दिने भनेको रु १५ हजार पनि स्थानीयवासीले नपाएको गुनासो गरेका छन् ।

भैँचालाले स्थानीय दलित बस्ती सबैभन्दा बढी प्रभाव पारेको छ । भैँचालाले भत्काएको घर अगाडि सुस्ताइरहनुभएका गोपाल लम्सालले राहतमा जस्तापाता पाएपछि हर्षविभोर हुँदै भन्नुभयो – “संसारमा मानवीयता मरेको रहेनछ, भगवान् खोज्न धेरैतिर चाहा¥याँै, तर दुःखका बेला साक्षात् प्रकट भए ।”

अर्का स्थानीयवासी वीरबहादुर खनाल राहत सामग्रीका रुपमा जस्ता पाएपछि त्यसैलाई उपयोग गरेर अस्थायी आवास बनाउने योजनामा रहनुभएको छ । “घर भत्किएपछि बीउ राख्ने अन्नको गेडोसमेत छैन, धानको बीउ राख्ने बेला भयो, सरकारले निःशुल्क धानको बीउ दिने भनेको पनि सुनेको हो, तर आजसम्म पाएको छैन, बस्ने बास भएपछि त्यसको पनि जोहो गरुँला” – खनालले भन्नुभयो ।

भैँचालो गएपछि स्थानीयवासीलाई राहत वितरणको संयोजन गरिरहनुभएका नगरपालिका वडा मञ्चका सदस्य शुकदेव लम्साल सरकारले प्रदान गर्ने भनेको राहत रकम नपाएका बेला विभिन्न सहृदयी व्यक्तिले प्रदान गरेको राहतले स्थानीयवासीलाई धेरै खुसी दिएको बताउनुहुन्छ । “यसअघि केही बोरा चामल, केही थान चाउचाउका प्याकेट र केही बिस्कुट मात्रै पाएका स्थानीयवासीले अस्थायी आवास कसरी निर्माण गर्ने भन्ने चिन्तामा रहेका बेला राहतको नाममा जस्तापाता पाए, त्यसले स्थानीयवासीलाई असाध्यै खुसी दिएको छ” – उहाँले भन्नुभयो ।

दाता पौडेलले भन्नुभयो – “पीडितलाई सानो मात्रामा भए पनि राहत उपलब्ध होेस् भनेर प्रयास गरेको हुँ ।” सहयोग राशि उठाउन ठूलो प्रयत्न गर्नुभएकी सुनिता खड्काले नेपालीलाई परेको दुःखमा सहयोग गर्न हामीले प्रयत्न गरेका हाँै, त्यसमा आफूहरु सफल भयाँै भन्नुभयो ।