
काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको सामाखुशीमा शुक्रबार विहान सरसफाइ गरिएको छ ।
आफ्नो ठाँउ आफै सफा राखौ भन्ने अभियानका साथ गोरखा जन कल्याण संघ सामाखुशीले शुक्रबार बिहान ७ बजेदेखी सामाखुशी चोकदेखी पुर्ब पट्टी झण्डै एक किमी चक्रपथ र चक्रपथको बाहिरी बेल्टको क्षेत्रमा सरसफाई गरेको हो ।
सरसफाईका बिभिन्न संघ संस्था नेप्सम्याक सेवा प्रालि, नेपाल शान्ति स्काउट, ॐ शान्ति गंगबु, स्थानीय बुद्धिजिबी, समाजसेबी तथा बिभिन्न समुदायको उपस्थिती थियो । यसअघि पनि गोरखा जन कल्याण संघ सामाखुशीले भूकम्प पीडितका लागि राहत साम्रगी बितरण गरेको थियो ।
यसैगरी संस्थाले जेष्ठ २५ गते बिनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा सामाखुशी चोकमा दिप प्रज्वलन तथा श्रदान्जली सभाको आयोजना गरेको संस्थाका सचिब राजु भण्डारीले बताए ।
गोरखा जनकल्याण संघले मानवीयताको रक्षा गरौ भन्दै देशभर बिबिध कार्यक्रमको आयोजना गर्दै आएको छ ।















प्रतिक्रिया