५ कार्तिक २०८३, बिहिबार

गाई चराउन जङ्गल गएकी महिलाको लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १५ जेठ । कैलाली जिल्लाको उदासीपुर गाविसकी ८४ वर्षीया एक वृद्धा नजिकैको पञ्चौती सामुदायिक वनमा मृत अवस्था फेला परेकी छन् ।

तीन दिनअघि गाई चराउन जङ्गल गएकी स्थानीय शोभादेवी रावल बिहीबार साँझ मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वृद्धा हराएको खबर पाएपछि प्रहरी टोलीले खोज्दै जाँदा उनी मृत फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस