५ कार्तिक २०८३, बिहिबार

निर्माण व्यवसायी पौडेलमाथि गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackकाठमाडौं, १५ जेठ । निर्माण व्यवसायी सञ्जय पौडेलमाथि सिरहामा गोली प्रहार भएको छ ।

विहीबार मध्यराति काम सिलसिलामा सिरहा पुगेका पौडेलमाथि गोली प्रहार भएको हो । गोली प्रहार भएपछि नेपाल निर्माण व्यवसायी महासंघले घटनाको भत्सर्ना गरेको छ ।

महासंघका महासचिव रामशरण देउजाले शुक्रवार एक विज्ञप्ती जारी गर्दै गोलीकाण्डमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गर्नु भएको छ ।

त्यस्तै घाइते व्यवसायी पौडेलको उपचार खर्चको सम्पुर्ण व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ । ‘व्यवसायीहरुको सुरक्षालाई लिएर महासंघले सरोकारवालाहरुको पटक पटक ध्यानाकर्षण गराउँदै आएपनि कुनै सुनुवाई नहुनु र एकपछि अर्को गरी व्यवसायीहरु माथि आक्रमणको घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको महासंघको ठहर छ ।’

विज्ञप्तीमा लेखिएको छ । मुलुकको जटिल अवस्थामा पनि आफनो सीप, साधन र क्षमता सहित कार्यक्षेत्रमा खटिएका निर्माण व्यवसायीमाथि आगामी दिनमा आक्रमणका घटना नरोकिए महासंघ जस्तोसुकै बाध्यकारी कदम चाल्न पछि नपर्ने महासंघले जनाएको छ ।

पौडेलमाथि सिरहाको डुमरी गाविसस्थित नहरमा बुधवार राति अज्ञात समुहले गोली प्रहार गरेको थियो । पौडेलको अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको महासंघले जानकारी दिएको छ । पेटमा छड्के किसिमले गोली लागेकाले पौडेलको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।