५ कार्तिक २०८३, बिहिबार

भूकम्पको धक्कासँगै काठमाडौंमा आगलागी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aago
फाइल तस्वीर

काठमाडौं, १४ जेठ । राजधानीको एक होटलमा आगो लागेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार भूकम्पको धक्का आएको केही समयमै भान्साबाट आगो सल्किएर होटलमा आगो लागेको हो ।

सोलु जुबिङ्ग–२ बस्ने आईबहादुर राईको गोर्खाली लजमा बिहिबार लागेको आगोबाट नगद २७ हजार रुपैयाँ, लत्ताकपडा, कागजात र अन्य सरसामान गरी करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, पर्सा वीरगंज उपमहानगरपालिका–२१ भवानीपुर बस्ने रतन सहनीको गोठमा गएराति अचानक आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाले आगो नियन्त्रण गरेका थिए ।