५ कार्तिक २०८३, बिहिबार

हजुरआमाको हत्या गरी प्रेमिका भगाएर फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudor– सुमन घिमिरे

झापा, १४ जेठ । परिवारले अन्तरजातीय प्रेम सम्बन्धलाई स्वीकार नगरेपछि झापाको मेचीनगर नगरपालिकाका एक युवकले आफ्नै हजुर–आमाको हत्या गरी प्रेमिका भगाएर फरार भएको खुलासा भएको छ ।

मेचीनगर–१० काँकरभिट्टा निवासी २० वर्षिय रञ्जित लिम्बुले आफ्नै ८२ बर्षिया हजुरआमा रणमाया लिम्बूको हत्या गरी सोही ठाउँ निवासी १७ वर्षिया लक्ष्मी विकलाई लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लामो समयदेखि लिम्बु र विकबीच अन्तरजातीय प्रेम सम्बन्ध रहेको र त्यसलाई मान्यता दिन लिम्बुले हजुरआमाको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वृद्धा महिलाले कानमा लगाएको मुन्द्री, नाकको फूली, घाँटीको तिलहरी तथा थैली लगायतका सामग्री समेत गायब भएको र रञ्जित र लक्ष्मी पनि फरार रहेकाले उनीहरुले नै हजुरआमाको हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

लक्ष्मीकी बहिनी भूमिकालाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार लिम्बू परिवारले दिदी लक्ष्मी र रञ्जितबीचको प्रेम सम्बन्धलाई अस्वीकार गरेपछि पैसा चोरेर भएपनि भाग्ने सल्लाह बुधबार राति मात्र भएको थियो ।

राति नै उनीहरुले हजुरआमाको हत्या गरेको तर बिहीबार बिहान अबेरसम्म रणमाया नउठेपछि मात्र खोजी हुँदा घटना सार्वजनिक भएको भूमिकाले प्रहरी समक्ष बताएकी छन् । भूमिकाको भनाइलाई आधार मान्दै प्रहरीले घटनाको प्रकृति हेर्दा घटना संङ्कास्पद भएकाले उनीहरुको खोजी कार्य तिव्र बनाएको जनाएको छ ।