५ कार्तिक २०८३, बिहिबार

एसएसपी सर्बेन्द्र खनालको कमाण्डमा प्रहरीलाई काउन्सेलिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ssp-sarbendra-khanalकाठमाडौं, १४ जेठ । भूकम्पबाट प्रभावित जिल्लामा खटिएका प्रहरी कर्मचारीहरुलाई तनाव व्यवस्थापनका लागि नेपाल प्रहरीले तालिम प्राप्त उच्च प्रहरी अधिकृतको टोलीद्वारा काउन्सेलिङ सुरु गरेको छ ।

विपद्को बेला उद्धार र राहत कार्यमा काम गरेका प्रहरी अधिकृत तथा जवानहरुमा उत्पन्न तनाव कम गर्न काउन्सेलिङ गर्न प्रहरी बरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालको संयोजकत्वमा चिकित्सक समेतको टोली परिचालन गरिएको हो ।

Nepal-police-conculing

संयोजक खनालको टोलीले बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौंमा ८० जनालाई काउन्सेलिङ गरेको छ । यसैगरी काभ्रे र दोलखा जिल्लामा समेत ४/४ जनाको काउन्सेलिङ टोली खटिएको छ । सोही टोली अन्य प्रभावित जिल्लाहरुमा समेत गई काउन्सेलिङ गर्नेछ ।