५ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट काठमाडौंमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-policeकाठमाडौं, १४ जेठ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि आइरहेका भूकम्पबाट काठमाडौंमा एक जनाले विहीबार ज्यान गुमाएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार बैशाख २९ गतेको भूकम्पमा भागदौडको क्रममा टोखा नगरपालिका साईबाबा चोक डेरा गरी बस्ने नुवाकोट भद्रटार–३ का ६७ वर्षीय निलप्रसाद पाण्डे घाइते भएका थिए ।

घाइतेपछि स्थानिय मेडिकलमा उपचार गराइरहेका पाण्डेको बिहिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते पाण्डे स्थानिय मेडिकलमा उपचार गराई कोठामा बस्दै आएका थिए ।