काठमाडौं, १४ जेठ । राजधानी काठमाडौंमा सुरक्षा दिन खटिएको प्रहरीमाथि नै तरवार प्रहारको प्रयास भएको छ ।
प्रहरी टोलीमाथि तरवार प्रहार गर्न खोज्ने नारायणटार माकलवारी डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका १९ बर्षीय प्रकाश गिरीलाई प्रहरीले तरवारसहित बुधबार राति पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बौद्धबाट सिआरभी डिउटीको लागि गोकर्णेश्वर नगरपालिका–१२ नारायणटारमा खटिएको प्रहरी टोलीमाथि गिरीले बुधबार राति तरवार प्रहार गर्न खोजेका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया