५ कार्तिक २०८३, बिहिबार

विपत्तिका बेला पार्टीको झण्डा नबोकौं : नेता देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deuba

– कैलाश खत्री 

रामेछाप १४ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अहिले झण्डा बोकेर हिँड्ने समय नभएको बताएका छन् ।

देश भयानक विपत्तिमा परेकाले अहिले सबै मिले यसको सामना गर्नु पर्ने देउवाले बताए । रामेछाप जिल्लाको भूकम्प प्रभावितको अवस्थाको बारेमा बुझ्न विहीबार मन्थली आएका देउवाले यतिबेला सबैले संयमित भएर जनताको सेवामा लाग्नु पर्नेमा जोड दिए ।

अहिलेको पहिलो आवश्यकता भूकम्प प्रभावितका लागि अस्थायी आवास, खाद्यान्न, स्वास्थ्य सेवा र विद्यालय सञ्चालन रहेको उनको भनाई थियो । एकद्वार प्रणालीको कारण समस्या आएको जिल्लाका राजनितिक दलहरुको भनाईको जवाफमा देउवाले पीडित समक्ष छिटो राहत पुगोस् भनि एकद्वार प्रणाली हटाएको बताउँदै यदि यसमा बदमासी भएको भए एकद्वार प्रणालीमा जान सकिने बताए ।

“सबै काम राम्रोको लागि गरिएको हो, नराम्रो भयो भने त्यसलाई हटाउन सकिन्छ”– देउवाले भने ।