काठमाडौँ, १४ जेठ । भूकम्पपछिको असहज अवस्थाको फाइदा उठाँउँदै चोरी गर्ने कार्यमा संलग्न तीन समूहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले शङ्खमूलमा चोरीमा संलग्न समूहका भीमबहादुर तामाङ, बिजुली बैठा, राज भन्ने युवराज तामाङ र सपन बैठालाई पक्राउ गरेको छ ।
चोरीको सो सामान किन्ने भारत घर भएका विनयकुमार जैसवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै स्वयम्भू, किमडोलमा चोरीमा संलग्न सुमन थापा, जोरपाटी नयाँबस्तीमा चोरीमा संलग्न खुडे भन्ने सन्तोष परियारलाई पनि महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बुद्धि गुरुङले चोरीका केही सामान ती चोरहरूले रौतहट, इटहरीसम्म लगेर बेचेको अवस्थामा फिर्ता ल्याइएको बताउनुभयो ।
उहाँले वैशाख १२ गतेको भूकम्पपछि चोरी, लुटपाटमा संलग्नविरुद्ध अभियाननै सञ्चालन गरी कारबाही अगाडि बढाइएको र सो क्रममा शङ्कास्पद ६१ जनालाई महाशाखाले पक्राउ गरी अनुसन्धानपछि दोषी देखिएका ३० जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो ।















प्रतिक्रिया