५ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट चितवनमा १० जनाले ज्यान गुमाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army and Indian Rescue team recovers a  dead body

– सन्दिप भट्ट

चितवन, १४ जेठ । भूकम्पमा परी चितवनमा १० जनाले ज्यान गुमाएका छन् ।

वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि दिनहुँ रुपमा आएका पराकम्पनले चितवनमा ज्यान गुमाउनेका संख्या १० पुगेको हो । जिल्ला दैवि प्रकोप उद्धार समिति चितवनले विहीबार एक विज्ञप्ती जारी गर्दै भूकम्पको कारणले चितवनमा हाल सम्म १० जनाको ज्यान गएको जानकारी दिएको छ ।
बैसाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पले चितवनलाई कम क्षति पु¥याएको भनिएपनि २ हजार ६४ घरधुरी पूर्ण रुपमा क्षतिग्रस्त बनेका र ५ हजार ९ सय १५ घरधुरीमा आंशिक क्षति पुगेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै ९ हजार १ सय ६५ घरधुरीमा सामान्य क्षति गरी जम्मा १७ हजार १४४ घरधुरीमा क्षति भएको चितवनका प्रमुख जिल्ला अधिकारी डा.मानवहादुर विकेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चितवनमा हाल सम्म राहत इकाईमा विभिन्न संघसंस्था समेतबाट ८२ हजार ७ सय ५५ केजी चामल, ४ हजार २ सय ६२ केजी दाल, २ हजार ७ सय २ लिटर तेल लगायतका खाद्य सामग्री तथा ४ हजार २ सय ५५ थान त्रिपाल, १ हजार ३ सय ४२ थान म्याट, ३ हजार १ सय २९ वटा कम्मल, १ हजार ५१ वटा झूल, ८ सय ९० वटा सेनेटरी प्याड, १ हजार ५ सय १३ वटा बाल्टी, ६ सय वटा हाईजिन किट्स लगायतका गैह्र खाद्य सामग्री प्राप्त भएको समितिले जनाएको छ ।

त्यसै विभिन्न संघसंस्था दाताहरुबाट हालसम्म जिल्ला दैवी प्रकोप उद्धार कोषमा २२ लाख ५ हजार २ सय ७२ रुपैंया जम्मा भएको छ ।

हाल दोस्रो चरणको राहत तथा पुनस्र्थापनाका सामग्रीहरु वितरण गर्नु अघि पूर्ण क्षतिग्रस्त र आंशिक क्षतिग्रस्त घर परिवारलाई स्थानीय निकाय मार्फत परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको विज्ञप्तीमा जनाइएको छ ।
परिचयपत्र वितरण पछि मात्र जस्तापाता लगायतका पुनस्र्थापनाका सामग्रीहरु वा तोकिएको रकम दोहोरो नपर्ने गरी स्थानीय दैवी प्रकोप उद्वार समिति मार्फत वितरण गरिने बताईएको छ ।

प्रजिअ विकेले पुनर्निर्माण एवम् पुनस्र्थापना कार्यमा एक रुपता ल्याउनका निम्ति सरकारी निकाय, विभिन्न सामाजिक संघसंस्था एवम् निजी क्षेत्रवाट खरिद गरी वितरण गरिने जस्तपाताहरुको न्युनतम मापदण्ड प्रति घर २ वण्डल, गेज २६ मिडियम, लम्वाई १० फिट निर्धारण गरिएको वताएका छन् ।