५ कार्तिक २०८३, बिहिबार

एसिड आक्रमणमा परेकी सीमाले भूकम्प पीडितका लागि शुरु गरिन् यस्तो अभियान्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sema-basnet
काठमाडौं, १४ जेठ । एसिड आक्रमणमा परेपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू मार्फत राजनीतिक यात्रा तय गरेकी सीमा बस्नेतले भूकम्प पीडित विद्यार्थीका लागि शैक्षिक सामग्री संकलन अभियान शुरु गरेकी छिन् ।

अनेरास्ववियू खुल्ला विश्व विद्यालय राष्ट्रिय कमिटीको संयोजनमा बस्नेतले बुधवारदेखि कपी, कलम संकलन अभियान शुरु गरेकी हुन् । आफूहरुले काठमाडौंको बिभिन्न ठाउँबाट ३ हजार थान कपी संकलन गरिसकेको बस्नेतले जानकारी दिइन् । उनी अनेरास्ववियू खुल्ला विश्व विद्यालय राष्ट्रिय कमिटीको सदस्य बनेकी छिन् । आफुहरुले करिव १० हजार थान कपी र ५ हजार थान कलम संकलन गर्ने लक्ष्य लिएको बस्नेतले जानकारी दिइन् ।

संकलित कपी, कलम सिन्धुपाल्चोक र काभ्रेका ५, ५ वटा विद्यालयमा आगामी जेठ २१ गते वितरण गर्ने अनेरास्ववियू खुल्ला विश्व विद्यालय राष्ट्रिय कमिटीका उपाध्यक्ष सन्तोष तिमल्सीनाले जानकारी दिए । उनले कपी गोदाम, कपी उत्पादक संघ लगायत ठाउँबाट कपीहरु संकलन गरेको पनि बताए ।

उक्त अभियानमा बस्नेतको साथै अनेरास्ववियु अस्कल क्याम्पसका पूर्व अध्यक्ष पुष्प पराई, रत्नराज्य लक्ष्मी क्याम्पसका अध्यक्ष तपेन्द्रजंग शाही, विश्वभाषाका अध्यक्ष विजय घिमिरे लगायतको टोली शक्रिय भएको छ ।

बस्नेतले भूकम्प पीडित विद्यार्थीलाई सहयोग गर्न इच्छुक महानुभावहरुले आफूसमक्ष सम्पर्क राख्न पनि आग्रह गरेकी छिन् ।