५ कार्तिक २०८३, बिहिबार

रोल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeep-accident
फाइल तस्वीर

 

रोल्पा, १४ जेठ । रोल्पाको कोटगाउँ-१ माडिचौरमा आज यात्रुबाहक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन् ।

इरिबाङ थुनीकोटका ४२ बर्षीय दलबहादुर डाँगी र इरिबाङ–८ की अन्दाजी २७ वर्षीया विष्णु बादीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार एकै परिवारका तीन जनासहित चारजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुरेली–४ का पूर्णवीर घर्ती, उनकी श्रीमती भीमकुमारी बुढा, छोरी माया घर्ती र पाछाबाङका भूपप्रसाद बुढाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार अन्य नौ जना पनि सामान्य घाइते भएका छन् । १५ जना सवार जिप चालकले चलाउँदा दुर्घटना भएको बताइए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम लिबाङबाट लाप्चुन घर्तीगाउँतर्फ जाँदै गरेको लु १ झ १९९२ नंको जिप माडिचौरभन्दा केही पर सडकबाट अन्दाजी ५० मिटर तल्लो सडकमा खसेको बताइएको छ । रासस