५ कार्तिक २०८३, बिहिबार

१५ औँ शताब्दीको लोमान्थाङ राजदरबार भूकम्पले चर्कियो (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lomanthang-darbar

– निरज थकाली 

मुस्ताङ, १४ जेठ । गत वैशाख १२ र २९ गतेको बिनासकारी भूकम्पले उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङ दरवार चर्किएको छ । १५ औं शताब्दीमा निर्माण भएको उक्त पाँच तले दरवार अहिले आएर चर्किएको हो ।

उक्त दरवारमा लोमान्थाङका राजा जिगमेल परवल विष्ट र उनको परिवार बस्दै आएका थिए । राजा जिगमेल हिउँदमा काठमाडौं झरेपछि लोमान्थाङ उक्लिएका छैनन् ।

उक्त दरवार माटै माटोले निर्माण गरिएको छ भने माटो र काठले छाइएको छ । पुरातात्वीक महत्व बोकेको लोमान्थाङ दरवार कलात्मक ढंगले निर्माण गरिएको छ ।

नेपालमा राजतन्त्रको अवसान भए पनि मुस्ताङमा भने राजाको प्रचलन कायमै छ । विषेश गरी उपल्लो मुस्ताङबासी राजालाई निकै श्रद्धा गर्ने र उनकै निर्देशनमा चल्ने गरेको पाइन्छ ।

lomanthang-darbar2 lomanthang-darbar11