५ कार्तिक २०८३, बिहिबार

सर्पले डस्दा दुई वर्षीया खुसीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, १४ जेठ । विषालु सर्पले डस्दा आज बिहान महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नं १२ माईस्थान बस्ने बादल थिङकी दुई वर्षीया छोरी खुसी थिङ रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

त्यसैगरी, बुबा २३ वर्षीय बादल थिङलाई पनि सोही सर्पले डस्दा उनको अवस्था सिकिस्त रहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

गएराति बाबुछोरी दुवैजना एउटै ओछ्यानमा सुतिरहेका बेला विषालु सर्पले दुवै जनालाई टोकेकोमा दुवैजना आज बिहान ६ बजे जिल्लाको गौरीवासस्थित नेपाली सेना शेरगणको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आएका थिए ।

सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आएकी बालिका खुसीको उपचार केन्द्रमा पुग्नेबित्तिकै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

यता बुबा बादलको अवस्था अझै सिकिस्त रहेको छ भने उनको उपचारमा नेपाली सेना लागेको छ । रासस