५ कार्तिक २०८३, बिहिबार

सुस्तामा आफ्नै गाविस कार्यालय जान भारतको बाटो प्रयोग गर्न बाध्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susta-nepal-india

परासी, १४ जेठ । आफ्नै गाविस कार्यालय पुग्न पनि नवलपरासीको सुस्तावासीले भारत बाटो हुँदै त्रिवेणी आउन बाध्य भएका छन् ।

जन्मदर्ता, विवाहदर्ता, नागरिकतालगायतको अन्य सिफारिसका कामका लागि भारतको बाटो भई जानुपर्ने सुस्तावासीको बाध्यता छ ।

आफ्नै गाविस कार्यालय भवन त्रिवेणी जानका लागि नेपालतर्फबाट नारायणी नदीमा पुल नभएकाले जोखिम पूर्ण डुङ्गा तरेर आउन सकिन्छ । तर अन्य वैकल्पिक बाटो नहुँदा अधिकांशले भारती विहारको बाटो हुँदै सुस्ता आउन बाध्य भएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खांले बताउनुभयो ।

डुङ्गाको जोखिमपूर्ण यात्रा सुस्तावासीका लागि समस्या रहेको छ । नारायणी नदीमा पुल बनाउने कुरा धेरै पटक चलेको भए तापनि अहिलेसम्म पुल निर्माण हुन नसक्दा दैनिकरुपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् ।

अर्काेतर्फ भारत विहार राज्यको भेडियारी बजार गएर त्रिवेणीको गण्डक ब्यारेज हुँदै नेपाल आउनुपर्ने बाध्यता रहेको छ । दुई सय ६५ घरधुरी रहेको सुस्तामा करिब तीन हजार जनसङ्ख्या छन् । रासस