५ कार्तिक २०८३, बिहिबार

सीमा कटाउन खोला किनारमा राखिएका ८ बोरा गाँजा बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeलहान, १४ जेठ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सुखीपुरले आज बिहान ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक प्रद्युम्न थापाको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले सिरहाको दक्षिणी क्षेत्रमा पर्ने कुसहा लक्ष्मीनियाँ गाविस–१ स्थित गागन खोला किनारबाट बिहान ४ बजेतिर आठ बोरामा राखिएको करिब १६० केजी गाँजा बरामद गरेको हो ।

भारत लैजान गाँजा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा गागन खोला किनार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको गाँजा अहिले बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरी इलाका प्रहरी कार्र्यालय सुखीपुरलाई बुझाइएको छ ।

सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै बोरा बोकेका भरिया भने फरार भएको प्रहरी निरीक्षक थापाले उल्लेख गर्नुभयो । थापाका अनुसार बेस क्याम्पले त्यसअघि वैशाख १ गते सिरहाको मोहनपुर कमलपुर गाविस– १ बाट १२० केजी गाँजा बरामद गरेको थियो ।

सिरहासँगै जोडिएको उदयपुरको चुरे क्षेत्र हुँदै तयारी गाँजा तस्करले भरियामार्फत सिरहाको विष्णुपुकट्टी, जमदह, मुक्सार, तरेगना गोविन्दपुरको ग्रामीण क्षेत्र हुँदै भारतीय सीमावर्ती बजारसम्म पुर्‍याउने बताइन्छ ।

त्यसअघि वैशाख २२ गते सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलबजारले सिरहाको उत्तरी क्षेत्रमा पर्ने विष्णुपुकट्टी गाविस–३ सर्रे अम्बासबाट २३ केजी गाँजा बरामद गरेको थियो । पछिल्लो डेढ महिनाको अवधिमा सशस्त्र प्रहरीले गाँजा पक्राउ गरेको यो तेस्रो पटक हो । रासस,