काठमाडौं, १४ जेठ । धादिङ स्यामजुङ–५ बस्ने सुपाल तामाङले आफ्नो घर भत्काउने क्रममा घाइते भएका उनकी छोरी ३० बर्षीया स्याम्जा तामाङ र बुहारी १९ बर्षीया बिमला तामाङलाई नेपाल प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ ।
घर भत्काउने क्रममा उनीहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्यामजुङले स्थानीय बासिन्दाको सहयोगमा उनीहरुको उद्धार गरको थियो । उद्धारपश्चात उनीहरुलाई उपचारको लागि हेलिकप्टरबाट छाउनी अस्पताल पठाइएको छ । घाइतेमध्ये स्याम्जा तामाङको अवस्था गम्भीर रहेको छ ।
यसैगरी भूकम्पबाट क्षति पुगेको काठमाडौं टोखास्थित धनेश्वर मन्दिर नजिकको २ तले पक्की घरको भग्नावशेष पन्छाउने क्रममा बुधबार घाइते भएका ४५ वर्षीया सीता रावल र उनका छोरा १२ वर्षीय दिपक रावललाई प्रहरीले उद्धार गरी ग्रान्डी अस्पताल लगेको छ ।















प्रतिक्रिया