५ कार्तिक २०८३, बिहिबार

मोटरसाइकल ‘ओभरटेक’ गर्दा ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १४ जेठ । रौतहटको स्थानीय बम नहर नजिक आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम गौरबाट जाँदै गरेको बा२ख १५० नम्बरको ट्रक र ना२१प ५३९१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा स्थानीय राजपुर तुलसी गाविस–६ बस्ने मोटरसाइकल चालक १८ वर्षीय अरसद ओस्ताको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

साथै मोटरसाइकलमा सवार चुन्नु कवाडी र मोहमद जमाल घाइते भएका छन् । घाइते कवाडीलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । प्रहरीले ट्रक चालक ४१ वर्षीय इन्द्रलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालकले ‘ओभरटेक’ गरी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । रासस