सप्तरी, १३ जेठ । सप्तरीमा लोग्नेसँग झगडा पर्दा एक महिलाको ज्यान गएको छ ।
प्रहरीका अनुसार श्रीमानसँग घरायसी बिबाद भएको कारण आफैले शरीरमा मट्टीतेल खन्याई आगो लगाई बुधबार गम्भीर घाइते भएकी सितापुर–७ बस्ने सत्यनारायण चौधरीकी श्रीमती २८ वर्षीया अञ्जिला कुमारी चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
अञ्जिलाको मृत्युपछि उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।















प्रतिक्रिया