काठमाडौँ, १३ जेठ । राजधानीको कपनमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् ।
काठमाडौँ महानगरपालिका–१२ कपन बालुवाखानी चोक नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक घुमथाङका ५२ बर्षीय ताराबहादुर गुरुङ बुधबार विहान डेरा घरको तेस्रो तलाको भ्mयालमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
आत्महत्या कि गर्यो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस्तै, काठमाडौं महानगरपालिका–१४ बल्खु सुकुम्बासी बस्ती नजिक वागमती खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी १२ वर्षीय बालक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मंगलबारदेखि हराइरहेकी बझाङ्ग रायल–३ बिलिबगर बस्ने ६५ वर्षीया पितादेवी भण्डारी बैतडी शिवलिङ्ग–९ स्थित सेती नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।















प्रतिक्रिया