५ कार्तिक २०८३, बिहिबार

भूकम्पपीडितलाई शरणार्थी बनाएर घरटहरा बनाइदिनुपर्छ : नेता देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deubaदोलखा, १३ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेपालीका काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दोलखाका १८ गाविसका नागरिकलाई आन्तरिक शरणार्थीका रुपमा भए पनि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

तत्कालीन माओवादीका लडाकु राखिएका शिविर, भुटानी शरणार्थीका शिविरमा तत्काल यी नागरिकलाई राख्न सक्छौँ वरिष्ठ नेता देउवाले भन्नुभयो ।

दोलखाको उत्तरी क्षेत्रका १८ गाविस र नगरपालिका ५, ६ र ८ तल्लो भूभागका नागरिकलाई स्थानान्तरण गरी स्थायी बसोबासका लागि राज्यले सरकारी उपयुक्त जमिन छानी राख्न पहल गरिने वरिष्ठ नेता देउवाले दोलखाली नागरिकलाई विश्वास दिलाउनुभएको छ ।

उहाँले हेलिकप्टरबाट पीडित नागरिकमा खाद्यान्न र जस्तापाता पुर्‍याउनलाई सरकारलाई तत्काल थप सल्लाह दिने र आप्mनो पहलले पीडामा परेका नागरिकलाई जतिसक्दो छिटो पीडामुक्त बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । रासस