५ कार्तिक २०८३, बिहिबार

सहिद पत्रकार इच्छुकको १३औँ स्मृतिमा भूकम्पपीडितलाई जस्तापाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-sen-ishachuk

काठमाडौँ, १३ जेठ । पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को १३औँ स्मृति दिवसका अवसरमा चन्द्रागिरी नगरपालिकाको वाणभञ्ज्याङका २० दलित परिवारलाई आज जस्तापाता वितरण गरियो ।

इच्छुक प्रतिष्ठान, क्रान्तिकारी पत्रकार महासङ्घ र अखिल नेपाल जनसांस्कृतिक महासङ्घले संयुक्त रुपमा आयोजना गरेको स्मृति दिवसका अवसरमा ३० बन्डल जस्तापाता वितरण गरिएको हो ।

जस्तापाताका लागि इच्छुककी पत्नी तक्मा केसीले व्यक्तिगत रुपमा रु ५० हजार र बाँकी करिब रु एक लाख प्रतिष्ठानले उपलब्ध गराएका हुन् । ।

कार्यक्रममा नेकपा–माओवादीका स्थायी समिति सदस्य कुलप्रसाद केसीेले प्राकृतिक विपत्तिसँग जनता र सबै दल मिलेर लड्न आवश्यक रहेकामा जोड दिनुभयो ।

इच्छुक पत्नी केसीले भूकम्पपीडितलाई राहतभन्दा पनि उनीहरुको दुःखमा साथ दिने उद्देश्यले आफूले सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा सहिद प्रतिष्ठानका अध्यक्ष एकराज भण्डारीले अहिले विपद्मा परेकालाई सहयोग गर्नु नै सेनप्रति सच्चा सम्मान हुने बताउनुभयो ।

विसं २०५९ जेठ १३ गते तत्कालीन महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा हिरासतमै रहेको अवस्थामा प्रहरीको कुटाइबाट इच्छुकको मृत्यु भएको थियो ।