५ कार्तिक २०८३, बिहिबार

विद्यालय छुट्टी भएको बेला पनि विद्यार्थीको शुल्क लाग्छ : प्याब्सन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School-fees

काठमाडौँ, १३ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बिदाको अवधिको शुल्क मिनाहा गर्न नसकिने जनाएको छ ।

विभिन्न अभिभावकले भूकम्पका कारण करिब एक महिना विद्यालय सञ्चालन नभएकाले सो अवधिको शुल्क मिनाहाका लागि आग्रह गरेकामा प्याब्सनले सो अवधिमा शिक्षकको तलव र घरभाडा तिर्नुपर्ने भएकाले बिदाको पनि शुल्क लाग्ने जनाएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले प्राकृतिक प्रकोप वा विपद्ले कसैलाई विभेद नगर्ने भएकाले करिब ५०० निजी विद्यालयमा प्रत्यक्ष क्षति पुगेको भए पनि सरकारको निर्णयअनुसार यही जेठ १७ गतेबाट विद्यालय सञ्चालनका लागि तयार रहेको बताउनुभयो ।

विद्यालय सञ्चालन भएको एक हप्तासम्म बालबालिकामाथि परेको मनोवैज्ञानिक असरको अध्ययन गरी मनोवैज्ञानिक त्रास न्यूनीकरणका लागि मनोवैज्ञानिक एवम् मनोचिकित्सकको सल्लाहमा भूकम्पको त्रास कम गर्ने खालका कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्याब्सनले जनाएको छ ।

उहाँले निजी विद्यालयमा करिब रु १० अर्बबराबरको शैक्षिक पूर्वाधार ध्वस्त भएको जानकारी शिक्षा मन्त्रालयलाई गराइएको तर सहानुभूति नदेखाइएको गुनासो गर्नुभयो ।

अध्यक्ष केसीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय सङ्घसंस्था र व्यक्ति तथा नेपाल राष्ट्र बैंकलगायत वित्तिय संस्थाबाट सहुलियत ऋणको व्यवस्था गरी सहयोगका लागि आग्रह गर्नुभयो । करिब एक महिना बन्द हुँदा विद्यार्थीको छुटेको २६ दिनबराबरको पाठ्यभारलाई विद्यालयको शैक्षिक क्यालेण्डर मिलाउन हिउँदे, बर्खे बिदा, स्थानीयस्तरका चाडबाडलगायतका बिदा समायोजन गरी अध्ययन अध्यापनको व्यवस्था मिलाउन प्याब्सनले आवश्यक तयारी गरिरहेको छ । रासस