काठमाडौं, १३ जेठ । सामाजिक सञ्जाल फेसबुकमा नाङ्गो फोटो हालिदिने भन्दै महिलामाथि यौन दुव्र्यवहार गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको छ ।
महानगरीय अपराध महाशाखा हनुमानढोकाले दिएको जानकारी अनुसार फेसबुकमा पीडित महिलाहरुको नक्कली आईडी खोलेर यौन सम्बन्ध राख्न धम्क्याउने काठमाण्डौको नार्गाजुन ८ का ३३ वर्षीय उत्तम खड्कालाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
खड्काले नक्कली आईडीमा अश्लील म्यासेज राख्ने, पीडित महिलाहरुसँग यौन आकांक्षा राख्ने र मोबाईलको रिचार्ज कार्ड नम्बर माग गर्ने, सो नगरेमा पीडितहरुको नाङ्गो तस्वीर तथा भिडियो पोष्ट गरिदिन्छु भनी धम्किपुर्ण म्यासेज पठाउँदै आएका थिए ।
महिलाहरुलाई धम्की दिई डरत्रास तथा मानसिक यातना दिएर यौन दुव्र्यवहार गर्दै आएका खड्कालाई बुधबार महानगरी प्रहरी अपराध महाशाखाले पक्राउ गरी विद्युतीय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको छ ।















प्रतिक्रिया