५ कार्तिक २०८३, बिहिबार

इन्डोनेसियाले ललितपुरमा एकसय साठी थान त्रिपाल बाँड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tripal nepal
फाइल तस्वीर

 

ललितपुर, १३ जेठ । भूकम्पपीडितलाई राहतस्वरुप कर्मत्रियाना धर्म सेन्टर, इन्डोनेसियाले ललितपुरमा १६० थान त्रिपाल वितरण गरेको छ ।

भूकम्पबाट प्रभावित क्षेत्र जिल्लाको दुर्गम क्षेत्रमा पर्ने शङ्खु–७ भकारीडाँडा, मगरगाउँ र बुखेल–६ स्थित उन्युचौरका बासिन्दालाई उक्त त्रिपाल सेन्टरका संस्थापक अध्यक्ष साम्देन लामाले वितरण गर्नुभएको हो । उहाँले मानव जीवनमा आइपर्ने समस्याको समाधान मानवबाट मात्र गर्न सकिने बताउनुभयो । मानव सभ्यतालाई बचाइराख्न धर्मको महत्व बारेमा जानिराख्नु आवश्यक रहेको उहाँको तर्क रहेको छ ।

त्रिपाल प्राप्त भएपछि उक्त क्षेत्रका बासिन्दाले केही राहत महसुस गरेको जनाइएको छ । चक्रपथबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने सो स्थानमा रहेका घरहरु भूकम्पले ध्वस्त बनाएको थियो ।

यसैगरी, नेपाली काँग्रेसका महासमिति सदस्य उर्मिला केसीले धापाखेलका पीडितलाई आज १८० केजी चामल, २७ लिटर खानेतेललगायत राहत व्यक्तिगत रुपमा वितरण गर्नुभएको छ । उहाँले व्यक्तिगत रुपमै यसअघि खोकना, ठैव, बुङमती, थेचो, सैँबु, गोदामचौरलगायतका स्थानमा राहत वितरण गर्नुभएको थियो । रासस