५ कार्तिक २०८३, बिहिबार

वैज्ञानिक पद्धतिद्वारा रुख गणना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, १३ जेठ । नवलपरासीका साझेदारी वनमा वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको छ ।

रुखको जात र साइज पहिचान गरी रुखमा नम्बरिङ गरी गणना अघि बढाएको सहायक वन अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

जिल्लाको सुनवल, वनजरिया, अमरौड क्षेत्रमा फैलिएको १७ हेक्टर वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि कम्पार्टमेन्ट बनाउँदै वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको हो ।

रुखको गणना गर्न वन क्षेत्रमा वनको कोर र फ्रिन्ज क्षेत्र छुट्टाछुट्टै छुट्टाइएको छ । वनभित्र दुईवटा समूहमा काम भइरहेको छ भने प्रत्येक ५० मिटरमा वनको सीमाङ्कन गरिएको छ ।

गणनाअन्तर्गत रुखको मोटाइ, गोलाइ, लम्बाइ र उचाइ जिपिएस मेसिनद्वारा पत्तालगाइ रुखमा नम्बर टाल्ने काम तीव्र भइरहेको छ ।

वन क्षेत्रभित्र खाली रहेको जग्गामा वृक्षरोपणका लागि ५० हजार नर्सरी प्लान्ट तयार भइरहेको कार्यालयले जनाएको छ ।